फाजिलमा रहेका कर्मचारीले गाेदावरीमै लगाए हाजिर

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले स्वास्थ्य संस्थामा कार्यरत ४२ जना फाजिलका कर्मचारी मन्त्रालयमा फिर्ता गराउने भनिए पनि उनिहरु साबिककै ठाउँमा हाजिर भएका छन ।

Ganyapdhura gau
Dadeldhura hospital

नगरपालिकाको कार्यपालिकाको बैठकले उनिहरुलाई मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । दरबन्दी भन्दा बढी कर्मचारी भएपछि आन्तरिक स्रोतबाट उनिहरुलाई तलब खुवाउन नसक्ने जनाएको छ।

Navadurga sun
Godawari sandesh

अहिले उनिहरु नगरपालिका कै नियमित काममा छन । यदपी ई-हाजिर भने उनिहरुलाई गर्न दिइएको छैन । नगरपालिकाका प्रशासन प्रमुख शिवराज भाटले ४२ मध्य एक जना आफ्नै पुरानो ठाउँमा फर्किएको र ४१ जना साबिककै ठाउँमा काम गरिरहेको बताए ।

नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय हो, त्यही अनुसार हामीले मन्त्रालय र सम्बन्धित ब्यक्तीलाई पत्र पठाइसेका छौं । अहिले उहाँहरु स्वास्थ्यमा नै कार्यरत हुनुहुन्छ तर हार्ड कपीमा हाजिर गर्न भनेका छौं । उहाँहरु आन्दोलनमा पनि हुनु हुन्छ, अदालत पनि जानु भएको छ । यो यहाँको मात्रै समस्या होइन देशभरको समस्या हो त्यसैले थप अरु केही नभएको भाटले बताए ।

Loading...