बाजुरामा कर्मचारी कुर्चीमा मृत भेटिए

Dadeldhura hospital

बाजुरा- बाजुरामा एक नगरपालिकाका कर्मचारी कुर्चीमा मृत भेटिएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।

Ganyapdhura gau

बुढिनन्दा नगरपालिका वडा नम्बर ७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फ स्थायी कर्मचारी हुन् । लामो समय देखी रक्तचापको बिरामीबाट ग्रसित दानी बेला बेला अस्वस्थ भइराख्ने गरेका आफन्तले जनाएका छन् ।

 

 

 

Loading...