साँफेबगर नपामा जग्गा कित्ताकाट सुरु

मङ्गलसेन- साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो ।

Ganyapdhura gau

नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ ।

नगर क्षेत्रमा रहेको ४७.५२ वर्गकिलोमिटर जग्गा विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको बताइएको छ । कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ छ ।

“एकघरका दाजुभाइको जग्गा भागबण्डा हुन सकेको थिएन, अब सहज हुने भएको छ,” कार्यालय प्रमुख ढुङ्गानाले भने स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने बताइएको छ ।

मङ्गलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले पनि जग्गा वर्गीकरणको काम अघि बढाएको छ । “मङ्गलसेन र विनायकका मेयर सा’बले कित्ताकाटका लागि अनुरोध गर्नुभएको छ, प्रक्रिया पुगेर आएमा हामी काम गरिहाल्छौँ भनेको छु,” उनले थपे

Loading...