कैलालीमा फरार दुई प्रतिवादी पक्राउ

धनगढी- इलाका प्रहरी कार्यालय मालाखेतीले फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले वन मुद्दा र लागु औषध मुद्दामा जिल्ला अदालत कैलालीबाट कैद र जरिवाना तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

सोमबार वन मुद्दामा जिल्ला अदालत कैलालीबाट ७ हजार ३५० जरिवाना तोकिएका गोदावरी नगरपालिका–४ का भागिराम चौधरी पक्राउ परेका छन । उनलाई अदालतले २०६५ भाद्र १८ गते जरिवाना तोकेको थियो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै लागु औषध मुद्दाका प्रतिवादी कैलालीको चुरे गाउँपालिका – ५ का पूर्ण बहादुर धामी पक्राउ परेका छन । उनलाई जिल्ला अदालत कैलालीले २०७५ मंसिर २० गते एक महिना कैद र दुई हजार जरिवाना फैसला गरेको थियो ।

दुवै जनालाई इप्रका मालाखेतीबाट सादा पोषाकमा खटिइएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी गणेश बरालले बताएका छन । पक्राउ परेका दुवै जनालाई अदालतमा पेश गरिने जनाइएको छ ।

 

Loading...