सुदूरपश्चिमका तीन जिल्लामा सञ्चालन भयो ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’

कैलाली- सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट सञ्चालनमा आएको छ। सवारी नियम उल्लंघनको कसुरमा जरिवाना बापत राजस्व सङ्कलनलाई प्रदेशगत रूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

उक्त सिस्टम कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुरमा सञ्चालनमा ल्याइएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख तथा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।

 

 

 

Loading...