सुत्केरीको हवाई उद्धार

धनगढी- कैलालीबाट एक महिलाको हवाई उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेर अवस्था जटिल बनेकी मोहन्याल गाउँपालिका–४ ओखलढुङ्गाकी ३७ वर्षीया बिमला मिजारको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार सुत्केरी व्यथा लागेकी बिमलाको अवस्था जटिल बनेको छ। खिमडीस्थित पण्डौन स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हवाई उद्धार गरेर थप उपचारका लागि उहाँलाई कोहलपुर मेडिकल कलेज लगिएको हो।

Navadurga sun
Godawari sandesh

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत मिजारको उद्धार गरिएको छ। कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकामा बाटाघाटाको समस्या रहेको छ। स्वास्थ्य अवस्था जटिल बनेकी मिजारको तत्कालै उद्धार गर्नु पर्ने भएकाले सुर्खेतबाट हेलिकोप्टर बोलाइएको थियो।

Loading...