सडक आवतजावतमा समस्या

बाजुरा- बर्खा सुरु भएसँगै मार्तडी–कोल्टी सडक अवरुद्ध हुन थालेको छ । एक वर्ष पहिला कालोपत्रे हुनुपर्ने यो सडक निर्माणकार्यमा ठेकेदार कम्पनीले ढिलाइ गरेसँगै बर्खाको समयमा सडक अवरुद्ध हुने गरेको हो ।

Ganyapdhura gau

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माणको जिम्मा लिएको हो ।

Navadurga sun
Godawari sandesh

सडक निर्माणको काम समयमै सम्पन्न गर्न नसकेपछि बर्खाको समय अवरुद्ध बन्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । मार्तडी बसपार्कदेखि चुथीसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँ धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले ठेक्का पाएको थियो ।

Dadeldhura hospital

त्यस्तै चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक निर्माणका लागि बानियाँ कोटेश्वर जेभी प्रालिले ६२ करोडमा जिम्मा लिएको थियो तर यी दुवै निर्माण कम्पनीले समयमा नै सडक निर्माण गर्न सकेका छैनन् ।

सडक निर्माणको जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी–कोल्टी सडक निर्माणकार्य सम्पन्न भएको छैन । ठेकेदारको लापरबाहीले सडक निर्माणको कार्यमा ढिलाइ भएको आरोप स्थानीयको छ । बुढीनन्दा नगरपालिका–७ का स्थानीय दान रोकायाले सडक निर्माणकार्य सम्पन्न नहुँदा बर्खाको समयमा आवत जावतमा समस्या हुने गरेको बताए ।

चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै सम्पन्न गर्ने सम्झौता भए पनि तोकेको समयमा निर्माण सम्पन्न हुन नसकेको बताइन्छ । सडक निर्माणका लागि पुनः म्याद थप गरिएको छ ।

त्यस्तै धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले २०७९ असार मसान्तसम्म मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो तर बर्खा लागेको कारण निर्माण कार्य हुन नसकेको ठेकेदार कम्पनीका प्रतिनिधि दीपेन्द्र शाहीले बताए । गोरखापत्रबाट

Loading...