

बाजुरा- गाई गोरुमा देखिएको लम्पी स्किन भाइरल रोग बाजुरामा जिल्लाब्यापी रुपमा फैलिएको छ। रोग फैलिंदा किसान चिन्तित बनेका छन्। रोगले गोरु मरेपछि बाजुराका किसानले धान रोप्न पाएका छैनन्। धेरैका गोरु मरेपछि किसानका खेत बाँझो रहने अवस्था आएको छ।



गएको भदौ महिनामा बडिमालिका नगरपालिका १ मा पहिलो पटक रोग देखिएको थियो। अहिले यो रोग जिल्लाभरि फैलिएको छ। बाजुरामा लम्पी स्किन रोगबाट ७ हजार बढी गाई गोरु मरेका छन् भने ३० हजार बढी संक्रमित भएका जिल्ला भेटेनरी अस्पताल बाजुराका प्रमुख पशुपति नाथले बताए।


‘रोग अत्याधिक फैलिरहेको छ। औषधि अभाव छ लम्पी स्किन भाइसरको यो नै औषधि भन्ने छैन। ज्वरो कम गर्ने अनि सामन्य खोप लगाउने गरेका छौं’, प्रमुख नाथले बताए। रोग झिंगाबाट सर्ने भएकाले किसानलाई प्राथामिक उपचारको लागि सल्लाह दिने र पशु स्वास्थ्यकर्मीले पनि प्राथामिक उपचार गरिरहेका उनले बताए।
खोप महंगो हुन्छ एक डोज खोपको ३ देखि ५ सयसम्म पर्ने उनले बताए। बुढीगंगा नगरपालिकाका गाई गोरुको तथ्याङ्कलाई हेर्दा बुढीगंगा नगरपालिकामा मात्र २५ लाख बराबरको खोप चाहिने र जिल्लाभर त बजेटले नै नभ्याउने अवस्था रहेको नाथले उल्लेख गरे। ‘खोप खरिद गर्न बजेट नै छैन। प्राथामिक उपचारको सल्लाह बाहेक किसानलाई अरु केही दिन सकेको छैन’, उनले भने।