बैतडीका ६ ओटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

बैतडी- बैतडीका ६ ओटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि निर्धारण गरेका अनिवार्य मापदण्ड र सूचकहरू पुरा गरेका ६ ओटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।

Ganyapdhura gau

उनका अनुसार पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्य चौकी, पुर्चौडी नगरपालिकाका–१ को हाट स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिका अन्तर्गतको श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै दशरथचन्द नगरपालिकाको त्रिपुरा सुन्दरी स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी र सुरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्र पनि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।

जिल्लामा १०६ ओटा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरू रहेका छन् । पोषणमैत्रि स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरू पुरा गर्नुपर्ने हुन्छ ।

पोषण विशेष सम्बन्धी कार्यक्रम उपलब्ध भएको, स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छता सम्बन्धी निम्न पूर्वाधारहरू पूरा भएको, सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सफा शौचालयको व्यवस्था भएको, बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाइ लिने मेसिन, टेप उपलब्ध भएको लगायतका १० ओटा अनिवार्य मापदण्ड पुरा गर्नुपर्ने प्रमुख भट्टले बताए ।

यस्तै ६ देखि ५५ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए क्याप्सुल पाएको, गर्भवती महिलाले कम्तिमा ८ पटक पूर्व प्रसूति जाँच गरेको ,६ देखि ५५ महिनाका बालबालिकाले वर्षमा दुई पटक भिटामिन ए क्याप्सुल पाएको, खोपयुक्त स्वास्थ्य संस्था भएको लगायतका १६ ओटा सूचकहरू पुरा गर्नुपर्दछ ।

 

Loading...