कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं- आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।देशभर मनसुनी प्रभावका कारण बदली तथा वर्षाको सम्भावना भए पनि चार वटा प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

Dadeldhura hospital

यस्तै, आज मधेस प्रदेशका सबैजसो ठाउँ र बाँकी तराई मधेसका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको झाले बताए । आज राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

Navadurga sun
Godawari sandesh

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिमका धेरैजसो भूभाग र कर्णाली, गण्डकी तथा कोशी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ ।

आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताए । उनुभयो । वर्षाका कारण बाढी, पहिरो तथा चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

Loading...