अमृतपाल सिंह पक्राउ

काठमाडौँ- मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ।

Dadeldhura hospital

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ। अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

Navadurga sun
Godawari sandesh

अमृतपाल ३६ दिनदेखि फरार थिए। अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो। यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो।

 

Loading...