


कञ्चनपुर- कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका-५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।



ना.५ ख ९७३२ नम्बरको ट्रकमा सुदूरपश्चिम प्रदेश ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका-३ का ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ ।


दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





