सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मल्लद्वारा उजुरी

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी तेजजंग मल्लले आफ्नो सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गरेका छन् । आफूलाई सोही क्याम्पसमा अध्ययनरत एक छात्राले ज्यान मार्ने धम्की दिएको भन्दै आफ्नो सुरक्षाको माग गर्दै जिप्रकामा उजुरी दर्ता गरेको बताएका छन् ।

Dadeldhura hospital

स्ववियु निर्वाचनको विषयलाई लिएर केएमसीमा अध्ययनरत छात्रा सुमिता खड्काले आफूलाई ज्यान मार्ने धम्की दिएको मल्लले बताए । तेरो पेटमा चक्कु हान्दिन्छु, तेरो टाउकोमा लगाएको टोपी समातेर फाल्दिन्छु लगायतका अशभ्य र असुरक्षित भाषाहरू प्रयोग गरी बारम्बार धम्की दिइरहेकोले खड्काको धम्की कै कारण आफूले असुरक्षित महसुस गरेको मल्लको भनाई छ ।

Navadurga sun
Godawari sandesh

उनले गत चैत १२ गतेका दिन नेपाल बिद्यार्थी संगका तर्फबाट केलाली बहुमखी क्याम्पसमा स्ववियु सचिबकी उम्मेदवार सुमिता खड्काले मलाई जिउ ज्यान मार्ने तेरो पेटमा चक्कु हानी दिन्छु तेरो टाउकोमा लगाएको टोपी समातेर फालिदिन्छु लगायतका अशभ्य भाषा प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेका छन् । खड्कालाई तत्काल आवश्यक कारबाही गरी आफूलाई सुरक्षित हुने वातावरण सृजना गरिदिन आग्रह गरेका छन् ।

Loading...