सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज ९आइतबार० नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ६०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

Navadurga sun

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...