सुनचाँदीको मूल्य यथावत्

काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य यथावत् रहेको छ। बुधबार पनि मंगलबारकै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Dadeldhura hospital

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।

Navadurga sun
Godawari sandesh

मंगलबार पनि छापावाल र तेजाबी सुन बुधबार कायम भएकै दररेटमा किनबेच भएको थियो। मंगलबार भने सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो।

बुधबार चाँदीको मूल्य पनि मंगलबारको जस्तै प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको थियो।

 

Loading...