१ हजारले सस्तियो सुन

Dadeldhura hospital

काठमाडौं- सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन तोलामा १ हजार रुपैयाँले सस्तिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार रूपैयाँ तोकिएको छ।

मंगलबार ३०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्‍य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...