भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत दिने निणर्य


बैतडी- बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप दिने भएको छ ।



पीडित परिवारलाई ५ लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निणर्य गरेको हो । यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।


गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवाद समेत व्यक्त गरेको छ । यसअघि भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निणर्य गरेको छ ।
भागरथीको गत माघ २१ गते स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो ।



