दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

काठमाडौं– उद्योगीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन प्रस्ताव गरेका छन्। दूधको मूल्य बढाउनका लागि दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको आग्रह अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव राखेको छ।

Dadeldhura hospital

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यबाहक कार्यकारी डा बालक चौधरीले अहिले आफूहरुले मूल्य बढाउनका लागि मन्त्रालयलाई सिफारिस गरेको र मन्त्रालयले निर्णय गरेपछि मूल्यवृद्धि लागू हुने बताए।

Navadurga sun
Godawari sandesh

‘हामीले १० रुपैयाँ बढाउने भनेर कुषि तथा पशुपंक्षी मन्त्रालयलाई प्रस्ताव राखेका छौँ। अब मन्त्रालयले स्वीकृति दिएपछि दूधको मूल्य बढ्छ,’ उनले भने।

 

Loading...