गाउँगाउँमा बाटो पक्की बनाइँदैै

डडेल्धुरा- जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाभित्रका गाउँगाउँमा बाटाहरू पक्की बनाइँदै छ। ११ वटा वडा रहेको अमरगढी नगरपालिकाभित्रका गाउँगाउँका बाटाहरू गत वर्षदेखि पक्की बनाउन थालिएको हो। साँघुरा, घुलाम्मे हुने गोरेटा बाटोहरू पक्की बन्न थालेपछि स्थानीय खुसी देखिन थालेका छन्।

Ganyapdhura gau

सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अमरगढीका गाउँहरूमा बाटो पीसीसी गर्न थालिएको हो। सहरी पूर्वाधार विकासअन्तर्गत अमरगढीमा १५ करोड रकम प्राप्त भएको थियो। सो रकम बाँडफाँट गरेर बाटो पक्की बनाउनेलगायत अन्य भौतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको अमरगढी नगरप्रमुख डिल्लीराज जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

यो योजनाअन्तर्गत एउटा वडामा एक करोड २० रुपियाँका दरले बाटोलगायत अन्य योजना निर्माणको काम भइरहेको उनले बताए । विशेष गरेर गाउँघरमा बाटो बनाउने योजना बढी भएको उनले बताए। पानी परे हिलाम्मे र घाम लागे घुलाम्मे हुने गाउँघरका बाटा पक्की बनाएपछि स्थानीयलाई आउजाउ गर्न सहज भएको छ।

Dadeldhura hospital

अमरगढी–७ को सल्ला गाउँमा २० लाख रुपियाँ लागतमा गाउँभरिका बाटो पक्की गरेर एउटा सिँचाइ पोखरीसमेत निर्माण गरिएको छ। सल्ला गाउँ तरकारी खेती र भैँसीपालनका लागि प्रसिद्ध गाउँसमेत हो। व्यावसायिक कृषि गर्दै आइरहनुभएका सल्ला गाउँबासीले हिलो, मैलो, चिप्लो, धुलोरहित बाटो निर्माण भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ। पानी पर्दा हिलो र चिप्लो हुने तथा घाम लागे धुलो उड्ने बाटो पक्की हुँदा अब ती समस्या हटेको स्थानीय मैनादेवी बोहराले बताए ।

वडा नम्बर ७ कै भट्गाउँभित्रका सबै बाटो पक्की गर्न १२ लाख रुपियाँ विनियोजन गरेर काम पूरा गरिँदै छ। वडा नम्बर ७ कै तिलाडीलगायतका अन्य गाउँमा समेत बाटो पक्की गरिन लागेको वडाध्यक्ष खडक बोहराले बताए । वडा नं. ६ र ११ का गाउँहरूमा पनि बाटोजति सबै पक्की गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए ।

तर २० लाखभन्दा माथिका योजना बनाई एउटा योजना पूरा गर्न अनुरोध गरे पनि पाँच लाख रुपियाँसम्मका योजना बनाएर स्थानीयले काम गरिरहेको उनको भनाइ छ। स–साना योजना बनाई काम गर्दा योजना धेरै देखिने र काम कम हुने उनको भनाइ छ। यस्तै वडा नम्बर ५ को जिलोडा गाउँको बाटो पनि पक्की गरिएको छ।

कीर्तिपुर बजारदेखि मल्लो जिलोडा र तल्लो जिलोडा गाउँभरिको बाटो ढुङ्गाले सोलिङ गरेर सिमेन्ट, बालुवा, गिट्टीको मिश्रणले पक्की (आरसीसी) गरिएपछि आउजाउ गर्न निकै सहज भएको स्थानीय मोहन पाठकले बताए । वडा नम्बर ५ को बागबजार क्षेत्रका १० वटा बाटामा १० लाख रुपियाँका दरले हाल पक्की गर्ने काम भइरहेको वडाध्यक्ष टङ्कप्रसाद क्षेत्रीले बताए ।

Couple
Loading...