सुदूरपश्चिमको ‘नरहरी’ पर्व, कागलाई सेलरोटी खुवाउने चलन

डडेल्धुरा- मकर संक्रान्ति पर्व विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउँछन्। यस पर्वलाई सुदूरपश्चिमबासी भने ‘नरहरी’ पर्वको रूपमा मनाउने गरेका छन्। संक्रान्तिको अघिल्लो साँझदेखि नै मौलिक परम्परा अनुसार नरहरी पर्व मनाइन्छ।

Ganyapdhura gau

माघे संक्रान्तिलाई यहाँ नरहरी पनि भन्ने गरिन्छ। माघे संक्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ। पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ। उक्त खानेकुरा माघे संक्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ।

Navadurga sun
Godawari sandesh

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित रामचन्द्र भट्टले बताए।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ। कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गरिन्छ। आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पंक्षीका रुपमा लिइन्छ। कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ। काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो।

Dadeldhura hospital

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ। यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पंक्षीका रुपमा पनि लिइन्छ। आजको दिन कागलाई पूजा९आजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्टको भनाइ छ।

कागले लगेर लुकाएको रोटीलाई व्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास रहीआएको छ। उनले भने, ‘माघे संक्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ।’

माघमा माछा–मासु नखाने चलन

माघमा माछा मासु खानु हुँदैन भन्ने पुस्तौँदेखिको चलन रहेको पण्डित भट्ट बताए। ‘माघलाई धर्मी महिनामा रूपमा लिइन्छ। त्यसैले यहाँ स्थानीयले यो महिनाभरी माछा मासु खानु नखाइ चोखो खाने कुरा मात्रै खान्छन्,’ उनले भने। पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।

पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने गरिन्छ। यस दिन तिलको होम र दान गर्नाले वा खानाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। त्यस्तै नदी तलाउमा गई शुद्ध भई सिदा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास रहँदै आएको छ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। सौरमासको गणना बमोजिम बुधबारदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने भएकाले यस समयमा यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिन्छ।

सुदूरपश्चिमबासीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड मकर संक्रान्तिमा कामको सिलसिलामा घरबाहिर रहेकाहरू पनि घर फर्किने गर्छन् भने विवाहित महिलाहरू माइती घर जाने प्रचलन छ। मकर संक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरूसँग भेटघाट गर्ने पर्वको रूपमा पनि लिइन्छ।

Couple
Loading...