

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।



यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा पुगेको छ।


बुधबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

