काकीको हत्या आरोपमा भतिज पक्राउ

धनुषा– आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए ।

Dadeldhura hospital

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो । दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए ।

उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ । दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Loading...