एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Dadeldhura hospital

काठमाडौं- छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा आज १२ सय रुपैयाँले घढेको हो। बिहीबार प्रतितोला १ लाख १ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय कायम गरिएको छ। यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११९०रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...