काठमाडौं- आइतवार तोलाको ६०० रूपैयाँले बढेको सुनको मूल्य सोमवार (आज) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ५०० रूपैयाँ कायम भएको छ । आइतवार पनि सुन सोही भाउमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ३८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।




अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १०:५५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७९२ दशमलव ४६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७९२ डलरमा ७१ पैसामा बन्द भएको थियो ।


आज डलरको मूल्य पनि स्थिर छ । आज एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ९० पैसा कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १३२ रूपैयाँ ९० पैसा थियो ।




