


अत्तरिया- कैलालीको लम्कीचुहा नगरपालिकाले लम्की क्षेत्रको अतिक्रमित सार्वजनिक जग्गा हटाउने तयारी गरेको छ । लम्कीचुहा नगरपालिकाको पहिलो महिला मेयर तथा पालिकाको दोस्रो मेयर सुशिला शाही निर्वाचित भए पछि सबैले चासोका रुपमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बिषयलाई गम्भिरताका साथ हेरेको देखिन्छ ।


मेयर सुशिला शाहीले ३५ दिने सुचना मार्फत नगरबासीलाई अतिक्रमण गरेर बसेको सार्वजनिक ठाउँ खालि गरिदिन अनुरोध गरेकी छन । उनले सुचनामा भनेकी छन ‘लम्कीचुहा नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्ग,लम्की टीकापुर सडक खण्ड तथा नगरपालिका अन्तर्गतका विभिन्न वडामा पर्ने स-साना सडकहरुको क्षेत्राधिकार भित्र रहेको दायाँ,बायाँका क्षेत्र अतिक्रमण गरि घर निर्माण गर्ने, सवारी साधनहरु अव्यवस्थीत पार्किङ गर्ने,ठेला राखी व्यावसाय गर्ने,नाङ्ले पसल गर्ने,निर्माण सामाग्रीहरु थुपार्नेहरुले सुचना प्रकाशन भएको ३५ दिन भित्र हटाउन अनुरोध गराइन्छ ।’



स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४५ को उप दफा १ तथा सार्वजनिक सडक ऐन २०३१ को दफा १८ को उप दफा १ बमोजिम जारी भएको सुचनालाई अटेर गरे स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४५ को उप-दफा ३ तथा सार्वजनिक सडक ऐन २०३१ को दफा १८ को उप-दफा ३ बमोजिमको कारबाही गरिने सुचना मार्फत जानकारी गराइएको छ ।
मेयर शाहीले अतिक्रमित सार्वजनिक जग्गा खालि गराउने सुचना प्रकाशन गरेपछि लम्की क्षेत्रका व्यापारी खडानन्द सापकोटाले आफ्नो घर भत्काएका छन । लम्कीचुहा नगरपालिकाले २०७९ मंसिर १४ गते सुचना प्रकाशन गरी उक्त कुरा बारे जानकारी गराएको छ ।
जारी सूचना:






