धनगढी- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।




बाजुरा प्रहरीका अनुसार मंगलबार थप दुई जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जनाएको हो। दुई जनालाई गत बिहीबार पक्राउ गरी थप अनुसंन्धान कार्य भईरहेको जनाएको छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन् ।


गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा अस्पताल बयलपाटा लिने क्रममा बाटोमा मृत्यु भएको थियो।

