राष्ट्रिय संगीतकर्मी संघको प्रथम सुदूरपश्चिम प्रदेशस्तरिय अधिवेशन सम्पन्न

अत्तरिया- राष्ट्रिय संगीतकर्मी संघको प्रथम सुदूरपश्चिम प्रदेशस्तरिय अधिवेशन अत्तरियामा सम्पन्न भएको छ । प्रदेश कार्यसमितिको अध्यक्षमा निल गगन रोशन सिंह चयन भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

संघको प्रथम अधिवेशनले अध्यक्षमा सिंह सहित नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्ष जिवन गुरुङ्ग, महिला उपाध्यक्षमा अम्रता जैशी, महिला उपाध्यक्षमा अम्बिका राई, उपाध्यक्षमा विनय वैथ, महासचिवमा प्रकाश नाथ (योगी), सचिव गुणाकर पनेरु, सह-सचिवमा महिमा कुश्मी, प्रक्वतामा कल्पना मगर, मोहन लाल मोर, अम्मर लामा र कोषाध्यक्ष कान्ती गिरी सह-कोषाध्यक्षमा समु चौधरी रहेका छन् ।

त्यसैगरी, सिता बि.सी., दिनेश दहित, शेर ब. बिष्ट, नविन बम, कामना बम सदस्यमा चयन भएका थिए । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, गायिका जीवन परियार, संघका आजीवन सदस्य रवीन्द्र रिमाल, केन्द्रीय सदस्य संगम श्रेष्ठ लगायत संगीतकर्मीहरुको सहभागीता रहेका थिए । कार्यक्रम संघका प्रदेश वरिष्ठ उपाध्यक्ष निल गगन रोशन सिंहको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Loading...