पहिरोले रित्तिँदै बाजुराका गाउँबस्ती

बाजुरा- बाजुराका अधिकांश गाउँबस्तीबाट समथर, तराई र सहरी क्षेत्रतर्फ बसाइँ सर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। बर्सेनि बाढीपहिरोले गाउँबस्तीमा क्षति पु-याउन थालेपछि बसाइँ सर्ने क्रम बढेको हो। हिमाली गाउँपालिका–४, बोर्ताका कर्णवीर भण्डारीले पहिरोले गाउँबस्तीमा बास बस्न नसकिने अवस्था भएपछि ज्यान जोगाउनकै लागि बस्ती छाडेर सुरक्षित स्थानमा सर्नु परेको बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

उनले भने, “गत वर्ष नै पहिरोको जोखिममा गाउँ परेको थियो। त्यही भए पनि हिउँदमा बसोबास गर्दै आएका थियौँ। यो वर्षको बाढीपहिरोले बस्ती नै बगाएपछि गाउँ छोडेर अन्य जान बाध्य भयौँ।”

Navadurga sun
Godawari sandesh

बाजुराका केही बस्ती दुईरतीन वर्षअघिदेखि नै बस्नलायक थिएनन्। पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दाले स्थानान्तरणको मागसमेत गरेका थिए तर जिल्ला विपत् व्यवस्थापन समितिले खासै सुनुवाइ गरेको थिएन। जोखिममा परेका बस्ती समयमा नै स्थानान्तरण नगरिँदा अहिले स्थानीय गाउँ छोडेर भाग्नु परेको बताइन्छ।

बर्सेनि बाजुराका बस्ती स्थानान्तरण गर्नुपर्ने क्रम बढ्दै गएको भए पनि स्थानान्तरण गर्ने काममा ढिलाइ भएकाले कैयौँ स्थानीय ज्यान जोखिममा राखेर जोखिम बस्तीमा बस्न बाध्य छन्।

Loading...