पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

Dadeldhura hospital

कैलाली– लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको नेतृत्वमा तीन जना प्रहरीको टोली खटाइएको छ।

Ganyapdhura gau

बाटो खुलाउने कार्य भइरहेको प्रवक्ता जोशीले जानकारी दिए। अहिले वर्षाका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण सडकमा क्षति पुगेको छ भने पहाडी सात जिल्ला जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत ठप्प भएको छ।

 

Loading...