कैलाली ४ बाट लेखराज भट्टले गरे उम्मेद्वारी दर्ता, क बाट देउबा, ख बाट साउँद

अत्तरिया– कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।

पुर्वमन्त्री समेत रहेका भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेका हुन । भट्ट संगै नेकपा एमाले बाट प्रदेश सभा क मा भिम देउबा र प्रदेश सभा ख मा हरि सिंह साउँदले उम्मेदवारी दर्ता गराएका हुन् ।

Navadurga sun

एमालेबाट प्रदेश सभाका उम्मेद्वार साउँद गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख हुन भने देउवा कैलाली कै गौरीगंगा नगरपालिकाका पुर्व नगरप्रमुख हुन । कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता पछि एमाले सचिव भट्टले जनताले आफूलाई यस पटक पनि जिताउने छन भन्ने आफूमा आत्मविश्वास रहेको बताएका छन ।

‘२०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रका जनताले देशको नीति निर्माण गर्न मलाई जिम्मेवारी दिएका थिए । यस क्षेत्रको विकासको जिम्मेवारी पनि दिएका थिए । मैले त्यसलाई पुरा गर्ने प्रयास गरे । जित्नेमा आफूमा आत्मविश्वास रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...