डोटीमा प्रेम आलेलाई टिकट दिनु पुच्छरले शरीर हल्लाए जस्तै हो : पुष्पकुमार शाही

काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले डोटीमा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै शाहीले नौ पालिका रहेको डोटीमा सात पालिका प्रमुख र एक पालिका उपप्रमुख जितेको कांग्रेस नै बलियो रहेको दाबी गरेका छन्।

‘डोटीमा कांग्रेस बलियो छ। हामीसँग ३५ हजार जनमत छ। एकीकृत समाजवादीसँग लगभग ३४ सय जनमत छ। ३४ सय जनमत भएको पार्टीका उम्मेदवारले प्रतिनिधि सभाका लागि अड्डी कसिरहनु भएको छ। जुन कुनै पनि हालतमा उपयुक्त होइन,’ कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले भने। शाही आफै पनि कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डोटीमा एकीकृत समाजवादीलाई टिकट दिनु पुच्छरले शरीर हल्लाए जस्तो हुने उनको टिप्पणी छ। ‘हामी बलियो छौं। कमजोर जनाधार भएको पार्टीलाई टिकट दिँदा शरीरले पुच्छर हल्लाएको भन्दा पनि पुच्छरले शरीर हल्लाएको जस्तो हुनेछ,’ उनले भने।

एसका साथै डोटीमा आफूमाथि भ्रामक समाचार फैलाइएको समेत उनले बताएका छन्। पार्टीभित्रकै केही व्यक्तिले आत्तिएर आफूप्रति भ्रामक अभिव्यक्ति दिइरहेको बताए।

‘डोटीबाट प्रतिनिधिसभामा मैले दाबी गरेपछि आफ्नो पहुँचको डोटी टुट्छ कि भनेर केही व्यक्ति आत्तिए। झुटको खेती गरिरहेकाहरू अझै पनि जनतालाई अन्धकारमा राख्न चाहन्छन्। त्यसैले सम्भावना बोकेको युवालाई देखेर आत्तिएकाहरूलाई भ्रमको खेती नगरेर स्वच्छ प्रतिस्पर्धा गर्न म आग्रह गर्छु,’ उनले भने।

उनले डोटीमा पुष्पकुमार शाहीले एकीकृत समाजवादीलाई टिकट दिनुपर्छ भनेर बालुवाटारमा भनेको भन्दै डोटीमा आत्तिएकाहरूले भ्रामक अभिव्यक्ति दिइरहेको बताए। उक्त आरोप पुष्टि गर्न शाहीले विज्ञप्तिमार्फत चुनौती दिएका छन्। उनले आफैँ भित्र विखण्डन सिर्जना गर्नुभन्दा पनि सबै मिलेर कांग्रेसको उम्मेदवार खडा गर्नेतर्फ दबाब दिन एकजुट हुनुपर्ने बताए।

Loading...