क्रिकेट संघका अध्यक्ष चन्द बैतडी-१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौं- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी- १ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् । कांग्रेस जिल्ला समितिले उनीलगायत ९ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिभि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायतलाई सिफारिस गरिएको छ ।

Navadurga sun

२०७४ सालको निर्वाचनमा बैतडीबाट नेकपा एमालेका दामोदर भण्डारीले जितेका थिए । यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट समानुपातिक उम्मेदवारको सिफारिसमा परेका छन् । उनी नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य र तरुण दलका पूर्व कार्यालय सचिवसमेत हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...