सुदूरपश्चिमको कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

Dadeldhura hospital

अत्तरिया, २५ बैशाख- पछिल्लो २४ घण्टामा सुदूरपश्चिमको कैलालीमा थप ९ जना कोरोना संक्रमितको ज्यान गएको छ।  कैलालीको धनगढी उपमहानगरपालिका वडा नं.३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नं. १ की ५० वर्षीया महिला, धनगढी नगरपालिका वडा नं.५ का ४३ वर्षीय पुरुष, धनगढी नगरपालिका वडा नं. ४ का ८१ वर्षीय पुरुष, धनगढी नगरपालिका वडा नं. १२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका वडा नं. ६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नं. २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं. ११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

Loading...