काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोभिड-१९ संक्रमण भएको छ । अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार बिहिवार गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण देखिएको छ ।
अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेको सचिवालयले जनाएको छ । संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

