कैलालीका २ पालिकालाई विपद् व्यवस्थापन गर्न सामाग्री वितरण

धनगढी, ११ जेठ- कैलालीका दुई पालिकालाई विपद् सामाग्री वितरण गरिएको छ । जिल्लाको घोडाघोडी र गौरीगंगा नगरपालिकालाई विपद् सामाग्री वितरण गरिएको हो । दिगो विकास समाज भजनी कैलालीको आयोजना र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले सामाग्री वितरण गरेको थियो ।

Dadeldhura hospital

पालिकालाई दराज, प्रिन्टर, रिभल्भिंग कुर्ची, कार्पेट र प्लास्टिक कुर्ची गरी करिब एक पालिकालाई ८४ हजार ८ सय ३४ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको परियोजना अधिकृत प्रभु ढकालले जानकारी दिए । घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आर्चाय, गौरीगंगा नगरपालिका नगर प्रमुख देवी दत्त कँडेललाई दिगो विकास समाज भजनीका कार्यक्रम अधिकृत प्रभुनाथ ढकालले सामाग्री हस्तान्तरण गरेका छन् ।

Navadurga sun
Godawari sandesh

सही समयमा विपद् सम्बन्धीका सूचनाहरू समुदायमा प्रवाह गरी विपद् जोखिम न्युनिकरण गर्ने उद्देश्यले कार्यालय व्यवस्थापनका लागी सामाग्री वितरण गरिएको बताइएको छ । वितरणमा गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्ट, डी आर आर फोकल पर्सन नवीन विष्ट घोडाघोडी नगरपालिकाका डी आर आर फोकल पर्सन जयन्त कुमार विष्ट दिगो विकास समाज भजनीका फिल्ड परिचालक ललिता महतो र सुरज चौधरीको समेत सहभागिता रहेको थियो ।

Loading...