पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

Navadurga sun

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र अन्य हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...