को हुन पदम पाल ?

अजयमेरु गाँउपालिकामा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्ष पदका उम्मेदवार हुन । सक्षम,सबल एक होनाहार युबा हुन जसले समाज परिबर्तनका लागी अजयमेरु गाँउपालिकाको यही बैसाख ३० गते हुने निर्बाचनमा आफुलाई उम्मेदवार घोषणा गर्नुभएको छ । अजयमेरु गाँउपालिकामा पाँच बर्ष एकलौटी रुपमा संचालन गरेको स्थानीय सरकार प्रति जनता निकै खिन्नता र आक्रामक छन ।

फेरी पनि त्यही अनुहार चुनाबमा पुन ः होमिएको छ । के का लागी फेरी दोश्रो कार्यकाल ? त्यो पुरानो जनप्रतिनिधीलाई दोहयाउनुपर्ने हो जनता अनबिज्ञ छन । र भन्छन पहिलो कार्यकालमा समग्र जनताको भाबना समेट्न सकेनन र आफैले घोषणा गरेको चुनाबी प्रतिबद्धतालाई कार्यान्वय गर्न सकेनन र बिबादै बिबाद र काण्डै काण्डमा पालिकालाई पुगायो फेरी उनीहरुलाई नै मतदान गर्नुपर्ने कस्तो बिडम्बना ? फेरी पालिकालाई काण्डै काण्डको पालिका बनाउने यो प्रश्न अजयमेरुका आम मतदाताको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पदम पाल कुशल राजनितिकर्मी मात्रै होईनन् अब्बल कानुन ब्याबसायी पनि हुन । केही बर्ष अघि मात्रै उनले एलएलएम र समाजशाश्त्रबाट स्नातकोत्तर गरेका उनी अहिले पछिल्लो समय कानुन ब्याबसायीको क्षेत्रमा समेत सकृय छन । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटि सदश्यको जिम्मेवारी समाह्लदै आउनु भएका पाल लामो समय मानबअधिकारको क्षेत्रमा पनि नेतृत्वदायी भुमिका निर्बाह गर्नु भएको थियो ।
०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा डडे्लधुरा ज््िललामा बसेर महत्वपुर्ण भुमिका र जिम्मेवारी निर्बाह गर्दे आन्दोलनमा सकृय भएर सडकमा ओनदालिनत युबा हुन ।

तत्कालिन राजा ज्ञानेन्द्रको तानाशाहका बिरुद्ध उठेको जनआन्दोलनका एक कुशल कमाण्डर पनि हुन । उनी त्यही बेला झण्डै डेढ महिनाको प्रहरीे हिरासतमा समेत बसे । तत्कालिन कायर सरकारले उनीहरुलाई हिरासत मुक्त गरेपछि सडकमा तातेको आन्दोलनमा फेरी टाउकोमा कफन बाधेर पाल अग्रमोर्चामा उभिएका युबा हुन । जसले यो मुलुकमा लोकतान्त्रिक गणतन्त्र र राजा ज्ञानेन्द्रको कु का बिरुद्ध जिबनको कुनै प्रबाह नगरि आन्दोलनको अग्रमोर्चामा उभिएको इतिहास साँची छ ।

अजयमेरु गाँउपालिकालाई भ्रष्टाचार मुक्त पालिका र बेरोजगार युबालाई रोजगारी सृजना गर्ने पालिका र शुसासनमैत्री स्थानीय सरकार निर्माण र शिक्षा स्वास्थ्य र कृर्षिलाई प्राथमिकतामा राख्ने मुल उदेश्य लिएर पालिकाको अध्यक्षमा उम्मेदवारी दिनु भएको कुराले मलाई निकै हर्षित तुल्याएको छ तपाई जस्तो एक सक्षम र सबल युबाले यो पालिकामा दिनुभएको उम्मेदवारीले हाम्रो छाती चौडा भएको छ ।

गर्ब गर्न लायक भएका छौं । यस पालिको भोट पदम पाललाई हुनेछ भन्दै निर्बाचित गरिदिनका लागी अजयमेरुबासी मतदाता आमा बुबा,दाजुभाई तथा दिदिबहिनीलाई आग्रह र अनुरोध गर्दे अग्रिम बद्याई एबम शुभकामना दिन चाहान्छु । अध्यक्षका उम्मेदवार पदम पाल ज्युलाई ।

Loading...