देउवाको गृह जिल्लामा नेपाली काँग्रेसकाे चुनावी अभियान सुरु

डडेल्धुरा, २९ माघ- नेपाली काँग्रेस डडेल्धुराले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पार्टीले चुनावी अभियान नै सुरु गरेको हो । शुक्रबार बसेको काँग्रेसको जिल्ला कार्यसमितिको तेस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न गठन गरेको छ ।

Dadeldhura hospital

जिल्ला सभापति भीमबहादुर साउदका अनुसार समितिका संयोजक र सदस्यहरु मनोनित गरिएको छ । बैठकले कार्य सम्पादन समितिसँगै अनुशासन समिति र अन्य समिति समेत गठन गरेको काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए ।चटौतका अनुसार कार्यसम्पादन समिति, विभिन्न प्रशिक्षण शाखा, भ्रातृ संगठन शाखा, विकास शाखा, प्रचार-प्रसार शाखा, अभिलेख शाखा, कार्यक्रम तथा समन्वय शाखा, परामर्श सल्लाह सुझाव तथा निर्देशिका समिति लगायतका गठन गरेको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला सभापति साउदको नेतृत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति र सल्लाह सुझाव तथा निर्देशन समिति गठन गरिएको छ । निर्देशन समितिको सदस्यमा महासमिति सदस्य गोविन्दराज बोहरा, महासमिति सदस्य रघुवीर भट्ट, महासमिति सदस्य नरभान कामी र महासमिति सदस्य जनकराज कलौनी रहेका छन् ।

Loading...