अछाममा ट्र्याक्टरले किचेर एक युवकको मृत्यु

Dadeldhura hospital

अछाम, १७ माघ– ट्याक्टरले किचेर अछामको पन्चलदेवल विनायक नगरपालिकामा एक युवकको मृत्यु भएको छ । पन्चलदेवल विनायक नगरपालिका वडा नं. ६ का २२ वर्षीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२त ५९४१ नम्बरको ट्र्याक्टरले किच्दा किरण रावलको मृत्यु भएको हो ।

Ganyapdhura gau

सोही ट्र्याक्टरमा सवार किरण खस्दा उनलाई टायरले किचेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैँजादै गर्दा मृत्यु भएको बताइएको छ । ट्र्याक्टर र चालक लोकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Couple
Loading...