नेकपा (एकिकृत समाजवादी) डोटी संगठन विस्तार अभियानमा

 

डिलबहादुर सिंह
डोटी, १४ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले डोटी जिल्लामा संगठन विस्तार अभियानलाइ तीव्रता दिएको छ । नेपाल कम्युनिष्ट पार्र्टी (एकीकृत समाजवादी)का डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीका अनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुमा पार्टीको पालिकास्तरीय कमिटी गठन, जनवर्गीय संगठनको कमिटी गठन, आम सभा तथा भेला लगायतका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, के.आई सिं गाउँपालिका, जोरायल गाउँपालिका, शिखर नगरपालिका, बडिकेदार गाउँपालिकामा र पूर्वीचौकी गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन तथा भेला सम्पन्न गरेको बताइएको छ ।

Navadurga sun

यसैगरी जिल्लाका बोगटान फुड्सिल गाउँपालिकामा मङ्सिर १५ गते, सायल गाउँपालिकामा मङ्सिर १८ गते र आदर्श गाउँपालिकामा मङ्सिर १९ गते भेला संगठन बिस्तार अभियानका कार्यक्रमहरु आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) डोटी जिल्ला अध्यक्ष बोगटीले जानकारी दिनुभएको छ ।

अभियानका क्रममा आयोजित भेलाको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष दिर्घराज बोगटीले गर्नु भएको थियो । विभिन्न पालिकाहरुमा आयोजित भेलाहरुलाई संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उ¸यनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रेमबहादुर आले, केन्द्रीय सदस्य हर्कबहादुर सिंह, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीलगायतले धारणा राख्नुभयो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...