कांग्रेस कञ्चनपुरको सभापतिमा रमेश लेखक निकट बोगटी निर्वाचित

अत्तरिया, १२ मंसिर– नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन् । बोगटी ७ सय ६८ मत पाएका छन् । उनका प्रतिस्पर्धी थापाले ६ सय ८४ मत लिएका छन् ।

Bhancha ghar0

प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् । ७१ मत गन्न बाँकी छन् । सभापतिमा पदम थापालाई एनपी साउद समूहले सघाएको थियो । अन्तिम मतपरिणाम भने आउन बाकी रहेको छ ।

सुरुमा थापाले लिड गरे पनि पछि बोगटीले अग्रता लिएका थिए । काँग्रेसको संस्थापन पक्ष अर्थात देउवा समुहकै दुई नेता बीच कडा प्रतिस्पर्धा भएको थियो । अन्य पदाधिकारीहरुको मत परिणाम भने सार्वजनिक भएको छैन् ।

Leave A Reply

Your email address will not be published.