पसल आगलागी हुदाँ ६० लाख बढीको क्षति

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा बुधबार राती एक पसलमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकाको वडा नं. ७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको बताइएको छ ।

Dadeldhura hospital

बुधबार राती करिब साढे ११ बजे तिरको समयमा पसलमा आगलागी भएको र पसल पुणर् रुपमा जलेर ध्वस्त भएको बताइएको छ । नगरपालिकाको वडा नं. ८ का स्थानीय यज्ञ साँकीको काठ र जस्ताले बनेको उक्त पसल पूणर् रुपमा जलेको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीले बिजुलीको तार सर्ट भई आगो लागेको हुनसक्ने बताएको छ । स्टोरले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका साथै ग्यासको कारोवार समेत गर्दै आएको थियो ।

Loading...