प्रधानमन्त्री देउवा दम्पति महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

डडेल्धुरा, ७ मंसिर– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

Bhancha ghar0

उहाँ गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो । सभापति देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिनुभएको थियो ।

त्यस्तै कांग्रेस नेतृ एवम् प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.