अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

Bhancha ghar0

अछाम, ६ मंसिर– अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय बल विकको भिरबाट लडेर ज्यान गएको हो ।

सोमबार उनको सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनकी श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको परिवारले बताएको छ ।

Leave A Reply

Your email address will not be published.