कञ्चनपुरमा प्रदेश निर्वाचन क्षेत्रमा को–को भए सभापति
कञ्चनपुर, ४ मंसिर– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा ६ वटै प्रदेशसभामा नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र नं १ को (क) मा सभापति पदमा मानबहादुर रोकाया निर्वाचित भएका छन्। उपसभापतिमा जगदीश राना र प्रमसिंह ठगुन्ना निर्वाचित भएका छन् । सचिवमा जयबहादुर विष्ट, दीपक श्रेष्ठ, सहसचिवमा केशव एसके, चूडामणि भट्ट निर्वाचित भएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नं १ को (ख) मा सभापतिमा चेतनकुमार राई निर्वाचित भएका छन्। उपसभापतिमा रामलाल राना, रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित, दिनेश कुँवर, सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं २ को (क) मा सभापतिमा झंकर खड्का (पुरन) निर्वाचित भएका छन् । उपसभापतिमा उत्तमराज भट्ट र मीनबहादुर विष्ट निर्वाचित भएका छन्। सचिवमा नवराज पन्त र लालबहादुर धामी सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नं २ (ख) मा सभापतिमा करनसिंह ऐर विजयी भएका छन । उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दीपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पदमराज अवस्थी निर्वाचित भएका छन् । उपसभापतिमा कमलसिंह जोरा, जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय, सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नं ३ को (ख) मा सभापतिमा पुष्कर जोशी निर्वाचित भएका छन ।
उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ का प्रदेशसभाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचित नेपाली कांग्रेसका सभापतिदेखि अन्य पदाधिकारी नेता दिवानसिंह विष्ट निकटका रहेका छन् । दुवै निर्वाचन क्षेत्रमा कार्यकर्तामाथि नेता विष्टको दबदबा रहेको छ । यसैगरी निर्वाचन क्षेत्र नं २ का दुईवटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदको दबदबा रहेको छ ।
दुवै क्षेत्रमा उनी निकट पदाधिकारी चयन भएका छन्। निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका प्रदेशसभाका दुईवटै निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा पूर्वमन्त्री रमेश लेखकको दबदबा रहेको छ । दुवै क्षेत्रमा लेखक पक्षीय प्यानल विजयी भएको छ ।