पार्टी एकताका लागि पूर्वमाओवादी नेतासँग छलफल भइरहेकोछ : प्रचण्ड

काठमाडौँ, २६ कार्तिक– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पूर्वमाओवादी नेतासँग छलफल भइरहेको बताएका हुन्। शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा बोल्दै उनले ढिलोछिटो पूर्वमाओवादी एकै ठाउँमा हुने दाबी गरेका हुन्। माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष प्रचण्डको थियो।

Dadeldhura hospital

‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन। विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ। हुने कुरा थिएन। त्यो त्यति सजिलो कुरा थिएन।’उनले भने, ‘छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ। अहिले कुरा पनि चलिरहेको पनि छ। एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुने बाहेक अरु विकल्प छैन।’

Navadurga sun
Godawari sandesh

उनले जनयुद्ध कुनै लहडमा नभएको स्पष्ट पारे। उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन।’ उनले एक्लैएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेको बताए।

Loading...