कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार युवक पक्राउ

कञ्चनपुर, २६ कार्तिक- कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-४ का युवकलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार ती युवकलाई जिल्ला अदालतले २०७७ भदौ २५ गते ६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ। प्रहरीले ती युवकको नाम भने खुलाएको छैन।