राष्ट्रिय जनगणना २०७८ को मुल गणना हुन जम्मा ३ दिन बाँकी

बझाङ, २२ कार्तिक– देश ब्यापी रुपमा राष्ट्रिय जनगणना २०७८ का लागि गणकहरु प्रत्येक वडाको गणना क्षेत्रहरुमा खटिने भएको छन ।यही अभियानमा बझाङका लागि ७४ जना सुपरिवेक्षक र २८७ जना गणक ४ दिने तालिम लिएर एकै साथ बझाङका ९४ वटा वडा र २४९ वटा गणना क्षेत्रमा खटिने भएको जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिँह धामीले बताए ।

Dadeldhura hospital

उनले भने यस पटकको जनगणनामा सुपरिवेक्षकहरुले वडा कार्यालयबाट सामुदायिक प्रश्नावली भर्ने छन भने गणकहरुले थप १५ देखि ४९ बर्षका महिलाहरुको विगत १२ महिना भित्र मृत्युु भएकोमा मातृमुत्यु सुचि फारम भरिने छ ।

Navadurga sun
Godawari sandesh

उक्त मातृ मुत्युको स्वास्थ्यकर्मीद्वारा भर्वलअटोक्सी गरिने छ । गणकको प्रत्येक दिन गरेको कार्यको मोवाइल एप्सद्वारा सुपरिवेक्षक मार्फत केन्द्रीय तथ्यांक बिभागमा जनाकारी दिइने जनगणना अधिकारी धामीले बताए ।

Loading...