कृष्णपुर नगरपालिकाबाट सय भन्दा बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश

कञ्चनपुर, १६ कार्तिक- कञ्चनपुर कृष्णपुर नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरेर डेढसय नेता कार्यकर्ताले नेकपा (एकिकृत समाजवादी) पार्टी प्रवेश गरेका छन । मंगलबार समाजवादीले कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सय बढी नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादी पार्टी प्रवेस गरेका हुन ।

नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बमले मुख्य राजनीतिक दल परित्याग गरेर सयौँ नेता कार्यकर्ता र स्वतन्त्र सहितसमाजवादीमा प्रवेस गरेको बताए । समाजवादीका युवा नेता बमका अनुसार एमालेबाट सबैभन्दा बढि ६४ काँग्रेसबाट १३, माओवादी केन्द्रबाट १०, राप्रपाबाट १० सहित बाँकी स्वतन्त्र नागरिकले समाजवादी पार्टी रोजेको बताए ।

Navadurga sun

सिङ्गो पुरानो पार्टी एमालेमै भएकाले बाँकी छुटेका नेता कार्यकर्ता आउनेक्रम जारी रहेको उनले बताए । एमालेबाट रमेश दमाई, प्रेमलाल दमाई, प्रेम दमाई, दिपमक महरा, लालमणी नाथ, रामपुरी दमाई, मुकेन्द् कठायत, कमान सिह चौधरी, मनोहर बोहार, तिलक साउद, कविराज चौधरी, रेबती बोहरा, सरिता बोहरा, दल बहादुर साउद, रतन बुढा, शिवराज पन्त, कलावती तिरुवा, रमेश तिरुवा, ईन्द्र लुहार, चन्द्र बहादुर विष्ट, दल बहादुर विष्ट, काँग्रेसबाट खन्टे सुनार, मदन सुनार, मनोहर खत्री, राम ब. बुढा, माओवादीबाट मतिरेबती महरा, सरिता महरा, पदम लुहार, बने आग्री, खैरे आग्री, राप्रपा सरस्वती चन्द, कमला चन्द, गोमति चन्द, हरिप्रिया चन्द, राधा सिह, धना ठगुन्ना, शान्ति बम सहितका सयौँ नेता कार्यकर्ता एव स्वतन्त्रले समाजवादी रोजेका हुन ।

समाजवादी सुप प्रदेशका उप सचिव तारालामा तामाङ्ग, कञ्चनपुर इन्चार्ज लाल ब। खडका, जिल्ला अध्यक्ष जिवनराज थापा, कुलबिर चौधरी, युवा नेता सुरेन्द्र बम, युवासंघ केन्द्रिय सचिवालय सदस्य जितेन्द्र रावल र माधव पन्त सहितले स्वागत गर्दै पार्टी प्रवेस गराएर उचित जिम्मेबारी दिने बताएका छन

ADD Khali jpg
ADD Khali jpg
Loading...