अछाम- अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन् ।


प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा बुधबार राति उनी ट्याक्टरको ट्रलीबाट खसेका थिए ।

सामान लोड भएको कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला उनी अचानक खस्न पुग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
